Banijya News

५० करोडको ऋणपत्र विक्रीमा ल्याउदै आईसीएफसी फाइनान्स

1
1.1K Shares

आईसीएफसी फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९’ नामक ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

यसमध्ये ३० लाख इकाइ व्यक्तिगत लगानीकर्ताका लागि उपलब्ध हुनेछन् भने बाँकी २० लाख इकाइमा १० हजार इकाइ (५ प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइनेछ। बाँकी सर्वसाधारण लगानीकर्ताले आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएसी को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

निष्काशन प्रक्रिया छिटोमा फागुन १४ र ढिलोमा फागुन २५ सम्म बैंकिङ समय अनुसार सम्पन्न हुने अपेक्षा गरिएको छ। यो ऋणपत्र ७ वर्षे अवधिको हुनेछ र लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन् । ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्ति पछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

क्रेडिट रेटिङका हिसाबले केयर रेटिङ नेपालले आईसीएफसी फाइनान्सलाई ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

1

Scroll to Top