Banijya News

ज्योति विकास बैंकले खुलायो रोजगारको अवसर

1
1.1K Shares

ज्योति विकास बैंकले ५० जना कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै जुनियर ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा द्वितीय श्रेणीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । आवेदकको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। यसमा फ्रेस ग्राजुएटहरूले पनि आवेदन दिन सक्नेछन्  l बैंकले सार्वजनिक गरेको सूचना अनुसार छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तिम अन्तर्वार्तामार्फत गरिनेछ।

छनोट भएका उम्मेदवारहरूलाई बैंकका विभिन्न शाखा तथा विभागहरूमा खटाइनेछ। तालिम अवधि सफलतापूर्वक सम्पन्न गरेपछि बैंकको आवश्यकता अनुसार नेपालभर कुनै पनि स्थानमा पदस्थापन गरिनेछ। इच्छुक उम्मेदवारहरूले माघ १३ भित्र merojob.com/jyoti मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top