नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जनकपुरस्थित मिथिला यात्रीमा आयोजित सो समारोहमा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क सङ्कलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरूसहित विभागिय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । सिइओ खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए ।
यसैगरी, कार्यक्रममा नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्मानका क्रममा, सिइओ खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरूको लागि अभिकर्तामैत्री योजना ल्याउने क्रममा बार्षिक रूपमा प्रदेश स्तरिय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभकिर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
सो समारोहमा उपस्थित अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरण मार्फत महत्त्वपूर्ण तालिम प्रदान गरेका थिए । यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरूमध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा मेहनतको कदर भएको र यस प्रकारको उत्कृष्ट तालिमको व्यवस्था गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।


