Banijya News

आईपीओ निष्कासन गर्दै गोर्खाज हिमालयन हाइड्रो

1
1.2K Shares

गोर्खाज हिमालयन हाइड्रोले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन २६ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौँमा विहान १० बजे शुरु हुनेछ । सभाले जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कुल शेयरमध्ये १० प्रतिशत स्थानीय र बाँकी शेयरबाट १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानीकोष, ५ प्रतिशत कर्मचारी र बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ ।

आईपीओबाट प्राप्त पूँजीको उपयोगका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीको जारी पूँजी १ अर्ब रहेको छ । सोही पूँजीको २० प्रतिशत शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सभाले प्रदान गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । यस कम्पनीले कास्की जिल्लामा १२ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण गरी २०७२ सालदेखिनै व्यापारिक उत्पादन हुँदै आएको छ ।

1

Scroll to Top