Banijya News

वरिष्ठ लोक गायक निर्मोहीको निधन

1
1.1K Shares

लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी भएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।

दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहेका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाबिसमा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए । परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको बुधबार दिउँसो सिधनियाघाट राप्तीनदिमा अन्तिम दाहसंस्कार हुने परिवारले जनाएको छ । उनका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् । 

1

Scroll to Top