Banijya News

ग्यासको अभाव टार्न बिजुलीको खपत बढाउन जोड गर्दै निगम

1
1.1K Shares

काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगमले उपभोक्तालाई ग्यासको सट्टा सम्भव भएसम्म बिजुली प्रयोग गर्न आग्रह गरेको छ। निगमले ग्यासको अनावश्यक खपत र भण्डारण नगर्न तथा वैकल्पिक ऊर्जा प्रयोग बढाउन आग्रह गरे पनि बजारमा भने उपभोक्ताको त्रास बढ्दै गएको छ। पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका ग्यास डिलरहरूमा उपभोक्ता ग्यास लिन लामो लाइनमा बसेका देखिन्छन्। धेरै विक्रेताहरूले ग्यास स्टकमा नभएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् भने कतिपयले चार–पाँच दिनअघि नाम दर्ता गरेपछि मात्र ग्यास पाइने बताउने गरेका छन्।

नेपाल आयल निगमले भने इन्डियन आयल कर्पोरेसनमार्फत नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले तत्काल आपूर्तिमा समस्या नभएको जनाएको छ। तर अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको खपत कम गर्ने उपाय अपनाउन उपभोक्तालाई आग्रह गरिएको निगमले जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिमा ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउन, महिनामा एउटा सिलिन्डरले पुग्ने भए थप सिलिन्डर नभर्न, तथा अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई अनुरोध गरिएको छ। ऊर्जा संकटको सम्भावनालाई ध्यानमा राख्दै यस्तो सावधानी अपनाउन आग्रह गरिएको निगमको भनाइ छ।

तर निगमले नै ग्यासको खपत कम गर्न सुझाव दिएपछि उपभोक्तामा भने झन् त्रास बढेको देखिन्छ। ग्यास आपूर्तिमा समस्या आउन सक्ने डरले धेरै उपभोक्ताले अहिले नै अतिरिक्त सिलिन्डर भर्ने वा नयाँ सिलिन्डर किन्ने प्रयास गरिरहेका छन्। यता नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई आजबाट उपभोक्तालाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको छ । माघ महिनादेखि नै सुरु भएको ग्यास अभावको समस्या समाधान गर्न सरकार यस्तो निर्णयमा पुगेको हो । लामो समयसम्म ग्यास नपाएर सर्वसाधारणका चुलो बल्न छाडेपछि सरकारमाथि तीव्र आलोचना भएको थियो । त्यसपछि आयल निगमले तत्काल राहत दिने उद्देश्यले आधा सिलिन्डर ग्यास वितरणको योजना अघि सारेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी भने निगमले ग्यास आयात भइरहेको बताए पनि बजारमा त्यो अनुसारको पूर्ति नभएको बताउँछन्। विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका निर्देशक नरहरि तिवारीले ग्यास आयात भइरहेको बताएर निगम उम्किन नमिल्ने भन्दै उनले नियमित बजार अनुगमन गर्दा भण्डारण गरिएको नभेटिएको बताए ।

ग्यासको सट्टा बिजुली
बढ्दो घटनाक्रमसँगै कतिपय मुलुकहरूले पेट्रोलियम पदार्थको विक्री वितरण र प्रयोगमा सुरक्षात्मक उपाय अवलम्बन गरिसकेको भन्दै आयल निमगले भने खपत कम गर्ने उपाय अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। पूर्ण रूपमा आयातमा निर्भर निगमले खपतमा सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ। यस्तो अवस्थामा, महिनामा एउटा सिलिन्डरले पुग्ने भए अरू नभर्ने, ग्यासको सट्टा बिजुलीको खपत बढाउने, विद्युत्का लागि जेनेरेटर आदि नचलाउने जस्ता उपाय अपनाउन उपभोक्तालाई अनुरोध गरेको छ।

ग्याँसका लागि किन हाहाकार ?
निगमका उपनिर्देशक एवं प्रवक्ता ठाकुर उपभोक्ता र विक्रेता इमान्दार नबन्दा बजारमा कृतिम अभाव देखिएको बताउँछन् । निर्वाचनअघि पेट्रोल, डिजेलको अभाव देखिएको थियो भने निर्वाचनपछि सहज हुँदै पेट्रोल पम्पहरूमा तेल भर्ने सवारीसाधनको लाइन घटेको छ। तर आगामी दिनमा ग्यास नियमित रूपमा आउँदैन भन्ने हल्लाले उपभोक्तामा त्रास पैदा गरिदियो। धेरैजसोले घरमा भएका सबै (एकै घरमा चारपाँचवटा सम्म) सिलिन्डर भरेर राख्ने र एउटामात्र सिलिन्डर हुनेले नयाँ सिलिन्डर किनेर जोहो गर्न थाले। आजको दिनसम्म आइपुग्दा ग्यासको चरम अभाव देखिएको छ। ग्याँस विक्रेताहरु डिपोबाट ग्यास आउनेबित्तिकै सकिने गरेको बताउँछन्।

अव उपभोक्तालाई आधा सिलिन्डर ग्यास

नेपालमा पछिल्लो केही महिनादेखि देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्कालका लागि सम्बोधन गर्न सरकारले नयाँ उपाय अघि सारेको छ । नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई उपभोक्तालाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको छ । माघ महिनादेखि नै सुरु भएको ग्यास अभावको समस्या समाधान गर्न सरकार यस्तो निर्णयमा पुगेको हो । लामो समयसम्म ग्यास नपाएर सर्वसाधारणका चुलो बल्न छाडेपछि सरकारमाथि तीव्र आलोचना भएको थियो । त्यसपछि आयल निगमले तत्काल राहत दिने उद्देश्यले आधा सिलिन्डर ग्यास वितरणको योजना अघि सारेको हो । भारतीय रिफाइनरीहरूको मर्मत, अन्तर्राष्ट्रिय तनाव, आयातमा अत्यधिक निर्भरता तथा बजार व्यवस्थापनमा कमजोरीका कारण समस्या जटिल बनेको छ । सरकारले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेर उपभोक्तालाई केही राहत दिन खोजेको छ । तर दीर्घकालीन रूपमा ऊर्जा सुरक्षा सुनिश्चित गर्न वैकल्पिक स्रोतहरूको विकास, प्रभावकारी बजार नियमन तथा पारदर्शी वितरण प्रणाली आवश्यक रहेको देखिन्छ ।

1

Scroll to Top