Banijya News

सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

1

Scroll to Top