Banijya News

कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

1
1.1K Shares

कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट प्रा.लि.तथा होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सो सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् । 

1

Scroll to Top