Banijya News

पहिलो नम्बर हुँदाहुँदै पनि सांसद नबनाइएपछि तिमिल्सेना सर्वोच्चमा

1
1.1K Shares

नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीमा पहिलो स्थानमा हुँदाहुँदै पनि आफूलाई प्रतिनिधिसभा सदस्यका रूपमा घोषणा नगरेको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेकी छिन । सो रिटमाथि प्रारम्भिक बहसका लागि चैत २५ गते संवैधानिक इजलासमा पेशी तय गरिएको छ।

समानुपातिक सूचीको खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेको महिला कलस्टर पन्छाएर पुरुषबाट समानुपातिक सूचीको ७औँ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगमा पठाएको थियो । कांग्रेसले सिफारिस गरेको नामकै आधारमा निर्वाचन आयोगले कालिबहादुरलाई निर्वाचित भएको घोषणा गरेको थियो । 

समानुपातिक सूचीको खस आर्य तर्फबाट महिला क्लस्टरको पहिलो सूचीमा रहेको नामलाई प्राथमिकता दिनुपर्नेमा खस आर्य पुरुषबाट सूचीको ७ नम्बरमा रहेका कालिबहादुर सहकारीको नाम प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएको घोषणा गरेपछि उनले रिट दिएकी हुन् । तिमिल्सेनाले दिएको रिटमा निर्वाचन आयोग, कांग्रेस केन्द्रीय कार्यालय, संसद् सचिवालय सिंहदरबार ,राष्ट्रपतिको कार्यालय शीतल निवास र कालिबहादुर सहकारीलाई विपक्षी बनाइएको छ ।

1

Scroll to Top