Banijya News

लीलाकुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित

1
1.2K Shares

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो। राष्ट्रियसभामा सहभागी रहेका दलहरुबीचको सहमति अनुसार नै उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्।

समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका थिए।

1

Scroll to Top