आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ। यसदिन नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा कायम भएको छ। यो दिन बजारमा कुल ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ८१ हजार ५८२ पटकको कारोबार मार्फत कुल ६ अर्ब ७३ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन १० अर्ब रहेको कारोबार आज ह्वात्तै घटेको हो ।
आज बैंकिङ, होटल, हाइड्रोपावर र अन्य समूहका सूचक बाहेक अरु सबै सूचक घटेका छन् ।
कुल कारोबारमा १७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ८२ वटा कम्पनीको मूल्य बढेको छ। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
त्यस्तै, भुजुङ, सुपर खुदी र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिज इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको मूल्य पनि करिब सर्किट लेभलमा बढेका छन् । समग्रमा बजार घटे पनि कुनै एनआईबीएल ग्रोथ फण्डबाहेक अरु स्क्रिपमा पाँच प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।
रकमका आधारमा आज ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल २४ करोड २१ लाख र आँखुखोला जलविद्युत २३ करोड ५७ लाख पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।


