Banijya News

अवैध खानीमाथि तत्काल एक्सन होस् : सांसद भण्डारीको माग

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले मुलुकभर सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरूमाथि तत्काल कडाइ गर्न सरकारसँग माग गरेका छन । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बदन भण्डारीले गृहमन्त्री सुधन गुरुङले काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई स्वागत गरेका छन्।

उनले गृहमन्त्रीको यो निर्देशनलाई केवल कागजमा मात्र सीमित नराखी सम्बन्धित निकायहरूले कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। अवैध उद्योग रोक्न सरकारी संयन्त्र र स्थानीय तह उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै उनले प्रभावकारी अनुगमनको माग समेत गरेका छन्।

गृहमन्त्रीको निर्देशन आए पनि त्यसलाई सम्बन्धित निकायहरूले व्यवहारमा उतार्न आवश्यक रहेको भन्दै उनले यस कार्यमा कुनै सम्झौता नगर्न आग्रह गरे । सांसद भण्डारीले खानी तथा खनिज उद्योगको अनुमति दिने विभिन्न विभाग, सरकारी कार्यालय र स्थानीय तहहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गर्नुपर्ने बताउए ।

केवल अनुमति दिएर मात्र नहुने भन्दै उनले समयसापेक्ष अनुगमन, नियमन र नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । अवैध गतिविधि रोक्न सबै जिम्मेवार निकायहरू सक्रिय हुनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

1

Scroll to Top