भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ुसातौँ भन्सार सुधार योजनाु कार्यान्वयनको तयारी थालेको छ। चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय योजनाको अवधि समाप्त हुन लागेकाले विभागले नयाँ रणनीतिक योजना तर्जुमा प्रक्रिया अघि बढाएको हो।
यस योजनाले विशेषगरी मुलुकको व्यापार प्रणालीलाई आधुनिक र उद्योगमैत्री बनाउने लक्ष्य राखेको छ। हालै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले आगामी योजनाको मुख्य कार्यदिशा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित हुने स्पष्ट पारे उनका अनुसार नयाँ योजनाले भन्सार दरहरूको पुनरावलोकन, व्यापार सहजीकरण र प्रक्रियागत सरलीकरणलाई उच्च प्राथमिकता दिनेछ। यसका लागि राजस्व परामर्श समिति अन्तर्गतको उपसमितिले काम गरिरहेको र आगामी बजेटसँगै यी सुधारका विषयहरूलाई समेटिने विभागको तयारी छ ।
महानिर्देशक भण्डारीले हालको राजनीतिक र नीतिगत स्थिरतालाई निजी क्षेत्रले अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउन निजी क्षेत्रबाट ठोस सुझावको माग गर्नुभएको छ। दीर्घकालीन नीति तय गर्न यो उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले शुक्रबार बस्ने उपसमितिको बैठकअघि नै आफ्ना राय र सुझावहरू उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरे । यस प्रयासले भन्सार प्रक्रियालाई थप व्यवस्थित र व्यापारिक वातावरणलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।


