राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार व्यापार, उद्योग र आर्थिक क्रियाकलापको विस्तार नै भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले जननिर्वाचित संसद् र सरकारसामु सुशासनमार्फत जनताको जीवनस्तर उकास्ने गहन जिम्मेवारी रहेको उल्लेख गरे। यो राष्ट्रिय दायित्व पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
ूनिजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदारका रूपमा हेर्नु आवश्यक छ,ू उनले भने। राजनीतिक स्थिरतालाई आर्थिक विकासको पूर्वसर्त मान्दै राष्ट्रपतिले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक वृद्धि र रोजगारी सिर्जना सम्भव हुने धारणा राखे ।
उनले मुलुकलाई आर्थिक निकास दिन र लगानीमैत्री वातावरण बनाउन सरकार र उद्यमीबीच बलियो सहकार्य हुनुपर्ने बताए। नेपालको आर्थिक क्षेत्रमा निजी क्षेत्रको जेठो संस्थाका रूपमा चेम्बर अफ कमर्सले सात दशकदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा उद्यमशीलता विकासमा अझै सक्रिय हुन आह्वान गरे।


