Banijya News

उद्योगको विषाक्त पानीले निकुञ्जमा सङ्कट : गैँडा धमाधम मर्दा गृहमन्त्रीको ध्यानाकर्षण

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको स्थानीय टोलीले गृहमन्त्री सुधन गुरुङलाई नवलपुरमा भव्य स्वागत गरेको छ। मन्त्री गुरुङ नवलपुर भ्रमणमा रहेका बेला स्थानीय नेता तथा जनप्रतिनिधिहरूले जिल्लाको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी गराउँदै स्वागत गरेका हुन्।

स्वागत तथा भेटघाटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा पछिल्लो समय देखिएको गम्भीर वातावरणीय समस्याका बारेमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। विशेषगरी नारायणी तटीय क्षेत्र र नवलपुरका विभिन्न निकुञ्ज आसपासका क्षेत्रमा दूषित पानीका कारण गैँडालगायतका महत्वपूर्ण वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिन थालेपछि स्थानीय बासिन्दा र संरक्षणकर्मीहरू चिन्तित बनेका छन्। नवलपुरका सांसद राजन गौतमसहितको प्रतिनिधिमण्डलले गृहमन्त्री गुरुङलाई भेटेर यस विषयमा तत्काल ठोस कदम चाल्न आग्रह गर्दै एक ज्ञापनपत्र समेत बुझाएको छ।

स्थानीय प्रतिनिधिहरूका अनुसार उक्त क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरूबाट निस्कने रसायनयुक्त दूषित पानी र फोहोर सिधै खोला तथा प्राकृतिक पानीका स्रोतहरूमा मिसाउँदा जलचर र स्थलचर दुवै किसिमका वन्यजन्तुमा घातक असर परेको छ। सोही विषाक्त पानी सेवन गर्दा बहुमूल्य वन्यजन्तुहरूको अकालमा मृत्यु भइरहेको दाबी ज्ञापनपत्रमा गरिएको छ।

समस्याको संवेदनशीलतालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले ज्ञापनपत्र बुझे लगत्तै प्रभावित मानिएको औद्योगिक क्षेत्र र वन्यजन्तु प्रभावित क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन । अवलोकनका क्रममा मन्त्री गुरुङले वातावरणीय मापदण्ड विपरीत उद्योग सञ्चालन गर्ने र फोहोर व्यवस्थापनमा लापरबाही गर्ने पक्षमाथि छानबिन गरी आवश्यक कारबाही गरिने आश्वासन दिएका छन । वन्यजन्तु संरक्षण र वातावरण सन्तुलनका लागि सरकारले स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो ।

1

Scroll to Top