Banijya News

नेप्सेमा ३३.८३ अंकको गिरावट, ९ अर्ब ३१ करोड माथि कारोबार

1
1.1K Shares

आज विहिबार सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसुचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा कायम भएको छ । सेयरबजारमा बिहीबार ३४२ कम्पनीको एक लाख ११ हजार ६०७ पटकको कारोबारमा दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भए हुदा नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँको कारोबार भयो ।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहको सूचक ओरालो लाग्दै राताम्मे बनेका छन्। जसअनुसार बिहीबार वाणिज्य बैंक समूहको सूचक ०.८०‚ विकास बैंक १.१५‚ फाइनान्स १.८९‚ होटेल तथा पर्यटन ०.५०‚ जलविद्युत् १.५१‚ लगानी समूह १.२७‚ जीवन बिमा ०.९० प्रतिशतले घट्यो l यसैगरी उत्पादन तथा प्रशोधन १.५४‚ लघुवित्त ०.७१‚ म्युचुअल फन्ड ०.१४‚ निर्जीवन बिमा १.२८‚ अन्य १.९० र व्यापार समूहको उपसूचक १.०१ प्रतिशतले ओरालो लागे।

नेप्सेमा बिहीबार दुई कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी छन्। अर्थात् रिजलाइन र सूर्यकुण्डका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले ९.४७ प्रतिशतले घाटा बेहोरे। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको ६१ करोड ८० लाख ४३ हजार ४४८ रुपैयाँको कारोबार भयो। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो।

1

Scroll to Top