Banijya News

नर्भिक हस्पिटलमा स्वास्थ्य परीक्षण प्याकेजमा २५ प्रतिशतसम्म छुट

1
1.1K Shares

नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी र नयाँ वर्ष २०८३ को सुखद अवसरमा विशेष स्वास्थ्य प्याकेजहरू सार्वजनिक गरेको छ। आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै अस्पतालले आज वैशाख ४ गतेदेखि एक हप्तासम्मका लागि मेमोग्राफीमा २५ प्रतिशत तथा महिला हेल्थ प्याकेज र सबै आइभीएफ (IVF) प्रक्रियाहरूमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ।

यसैगरी, नयाँ वर्षको अवसरमा अस्पतालले आफ्ना विभिन्न ओपीडी प्याकेजहरूमा पनि सहुलियत प्रदान गरिरहेको छ। जसअन्तर्गत बेसिक, कम्प्रिहेन्सिभ, एक्जिक्युटिभ, गोल्ड र प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष दुवै) मा १० प्रतिशत छुट उपलब्ध गराइएको अस्पतालले जनाएको छ। स्वास्थ्य सचेतना जगाउने उद्देश्यले ल्याइएका यी छुट सुविधाहरूले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास लिइएको छ।

1

Scroll to Top