Banijya News

नेप्सेमा ५.३६ अंकको वृद्धि, ७ अर्ब ४६ करोडको कारोवार

1
1.1K Shares

साताको अन्तिम कारोबार दिन सेयर बजारमा ५.३६ अंकको वृद्धि देखीएको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

यसदिन १०८ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १२ को स्थिर रह्यो । औसतमा ठूलो पूँजी भएका कम्पनीहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से बढेको हो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशत बढेको छ । यस समूहमा थपिएका नयाँ कम्पनीको मूल्य बढेकाले समग्र समूहगत सूचकमा प्रभाव परेको हो ।

त्यस्तै होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०।६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढे । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कालिका पावरको ८.३३, रिलायन्स स्पिनिङ मिल्किो ६.४८ तथा सोलु हाइड्रोपावरको ४.५४ प्रतिशत मूल्य बढ्यो ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोको ४.४०, तथा इमर्जिङ नेपालको सेयर मूल्य ३.५९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।

1

Scroll to Top