खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०४७ सालदेखि २०८० सालसम्मको सेवा अवधिमा उनको कुल वैधानिक आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ देखिए पनि सोही समयमा उनले घर, जग्गा, शेयर र सवारी साधन खरिद लगायतमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च गरेको पाइएको छ।
यसरी आफ्नो वैध आयभन्दा खर्च र लगानी बढी देखिएको र त्यसको स्रोत पुष्टि हुन नसकेपछि आयोगले उनलाई गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको हो। सो अवैध सम्पत्ति लुकाउन सहयोग गरेको ठहर गर्दै उनकी श्रीमती निर्मला कुमारीलाई समेत प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


