Banijya News

नेपालमा होन्डाको सेवा विस्तार,त्रिपुरेश्वरमा भव्य थ्रिएस शोरुम उद्घाटन

1
1.2K Shares

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र हिमाल मोटोले त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ ‘थ्रिएस’ (सेल्स, सर्भिस र स्पेयर्स) सेन्टर सञ्चालनमा ल्याएका छन्। होन्डा मोटर कर्पोरेसन जापानका उपाध्यक्ष तोसियो कुवारा र स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रूपमा उद्घाटन गरेको यस सेन्टरले नेपालमा होन्डाको १० वर्षे ‘नम्बर १’ विरासतलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। कार्यक्रममा ज्योति ग्रुपका उच्च पदाधिकारी र होन्डा जापानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जहाँ अध्यक्ष ज्योतिले यस केन्द्रलाई विश्वस्तरीय प्रविधि र गुणस्तरको संगमका रूपमा प्रस्तुत गरे ।

यो नयाँ सेन्टरले ग्राहकलाई एउटै छानामुनि खरिद, मर्मत र सक्कली पार्टपुर्जाहरू उपलब्ध गराएर होन्डाको ‘थ्री-जोए’ (किन्ने, बेच्ने र सिर्जना गर्ने खुसी) सिद्धान्तलाई चरितार्थ गर्नेछ। उद्घाटनका क्रममा अधिकारीहरूले सेवालाई केवल काम मात्र नभई ग्राहकको विश्वास जित्ने मुटुको रूपमा व्याख्या गर्दै, यहाँ समयमै सेवा र ग्यारेन्टीसहितका पार्टपुर्जा सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन्। यो उद्घाटनलाई नेपालमा होन्डाको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने एउटा विशेष अभियानको सुरुवातका रूपमा लिइएको छ।

1

Scroll to Top