Banijya News

अध्यादेशमाथि कानुनी राय लिँदै राष्ट्रपति पौडेल

1
1.1K Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ वटा विभिन्न अध्यादेशहरूको अध्ययन र प्रमाणीकरण गर्नुअघि आज दिउँसो ४ बजे संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्दैछन्। सरकारले वैशाख १४ गते मन्त्रिपरिषद्मार्फत सार्वजनिक निकायका नियुक्तिलाई पारदर्शी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने र सार्वजनिक खरिद प्रक्रियालाई सुधार्ने उद्देश्यले यी अध्यादेशहरू शीतल निवास पठाएको हो।

यी अध्यादेशहरू कार्यान्वयनमा आएमा संवैधानिक परिषद्को कार्यविधिमा संशोधन हुनुका साथै २० वटा विभिन्न पुराना ऐनहरूमा रहेका कानुनी बाधा अड्चनहरू फुक्नेछन्। विशेषगरी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने, भूमि तथा मालपोत सेवालाई चुस्त बनाउने र विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनीतिक नियुक्तिको अन्त्य गरी नयाँ मापदण्ड तय गर्ने सरकारको योजना छ। राष्ट्रपतिले यी गम्भीर संवैधानिक र कानुनी विषयहरूमा स्पष्ट हुनका लागि विज्ञहरूसँग छलफल गर्न लागेका हुन्।

1

Scroll to Top