Banijya News

सुनको मुल्यमा १८०० रुपैयाँको गिरावट

1
1.0K Shares

नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ। महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९४५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५२ हजार ४८५ रुपैयाँ रहेको थियो। सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँ कायम भएको छ।

1

Scroll to Top