Banijya News

१० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाँदै हिमालयन बैंक

1
1.0K Shares

हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले गरेको निर्णयअनुसार १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजान लागिएको हो ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सकिने व्यवस्था छ । पूँजीबजार र बैंकिङ क्षेत्रमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एकपटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म यस्तो परिवर्तन गर्न पाउने सुविधा अनुसार बैंकले यो प्रक्रिया अघि बढाएको हो ।

बैंकले एक सूचना जारी गर्दै यस प्रक्रियामा सहभागी हुन इच्छुक संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थापक सेयरधनीले आफ्नो सेयर सर्वसाधारणमा परिणत गर्नका लागि आवश्यक कागजात र स्व(घोषणासहित बैंकको सेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

कम्पनीहरूको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

1

Scroll to Top