Banijya News

हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

1
1.1K Shares

हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ।तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

1

Scroll to Top