Banijya News

हिमालयन बैंकको नाफा र प्रमुख वित्तीय सुचकमा गिरावट

1
1.1K Shares

हिमालयन बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रमुख वित्तीय सूचकमा गिरावट देखिएको छ। पुस मसान्तसम्म बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले कम हो।

खुद ब्याज आम्दानी ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ थियो र १०।१८ प्रतिशतले घटेको छ। बैंकको सञ्चालन मुनाफा पनि ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा पुगेको छ। चालु अवधिमा बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड रुपैयाँ कायम छ भने वितरणयोग्य मुनाफा ऋणात्मक ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ देखिएको छ।

खराब कर्जा ४।९८ प्रतिशतबाट बढेर ७।९६ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११।४५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४।२३ रुपैयाँमा सीमित भएको छ।

1

Scroll to Top