Banijya News

‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन

1
1.0K Shares

रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिनेछ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइको बिक्री आवेदन वैशाख २९ गते खुलेको थियो ।

यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले यो योजनाको निष्कासन तथा बिक्री अवधि जेठ १२ गतेसम्मका लागि लम्बाइएको थियो । तर, यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले जेठ १२ गतेअगावै इकाई बिक्री बन्द गरिन लागेको हो ।

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायबल क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top