सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै आधारित भएर ‘अफशोर बन्ड’ जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
मुलुकको पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै वैदेशिक लगानी भित्र्याउने उद्देश्यले नेपाली मुद्रामा नै बन्ड जारी गर्ने तयारी गरिएको बजेटमा उल्लेख छ । यसबाट विदेशी मुद्राको सञ्चितिमा पर्ने चाप कम हुनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपाली बजारमा आकर्षित गर्न सकिने विश्वास अर्थमन्त्री वाग्लेले व्यक्त गरे ।


