Banijya News

दोहोरो अंकले नेप्से आरालो, कारोबार रकममा समेत गिरावट

1
1.0K Shares

आज सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा सीमित बनेको छ । यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४७३.७६ विन्दुमा झरेको छ ।

आज विहीबार नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टका १ करोड ५ लाख ९८ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ७३ करोड ८१ लाख बढीको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूह रातो देखियो । आज म्युचुअल फण्ड समूह मात्रै ०.३२ प्रतिशतले बढेको छ ।

यो दिन व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घट्यो । यस्तै, बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल १.०७, हाइड्रो ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.१८, निर्जीवन १.२० र अन्य ०.७५ प्रतिशतले घटेका छन् ।

आज एभरेष्ट बैंकको सर्वाधिक अर्थात ३४ करोड १ लाख बढीको सेयर कारोबार भयो । यस्तै, आँखखोला जलविद्युतको ३२ करोड ५ लाख, सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख, नेपाल पुनर्बीमाको १७ करोड १९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये कालिञ्चोक हाइड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै, न्यादी हाईड्रोको सेयरमूल्य ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.७८ प्रतिशतले बढ्यो ।

यो दिन विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.६९ प्रतिशतले घट्यो । भगवति हाइड्रोको सेयरमूल्य ४.२७ प्रतिशत र आँखुखोला जलविद्युत्‌को सेयरमूल्य ४.०७ प्रतिशतले घटेको छ ।

1

Scroll to Top