आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो इस्युअर रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कनलाई केयर–एनपी बीबीबी प्लसबाट स्तरोन्नति गर्दै केयर–एनपी ए– रेटिङ दिएको छ ।
यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम गर्न सफल भएको प्रमाणका रूपमा लिइएको कम्पनीले जनाएको छ ।केयर–एनपी ए– केयर–एनपी ए– मूल्यांकनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ ।
कम्पनीले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।कम्पनीले जीवन बिमा मार्फत व्यक्तिहरू तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध जीवन बिमा योजनाहरू प्रदान गर्दै आएको छ ।
देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बिमा को पहुँचलाई देशका विभिन्न समुदायसम्म पुर्याउँदै आएको छ । ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीनतम बिमा समाधानमार्फत कम्पनीले नेपाली बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । केयर–एनपी ए– मूल्याङ्कन प्राप्त गर्नु कम्पनीका लागि केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड तथा वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणा पनि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा पनि बिमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बिमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।


