Banijya News

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मानित

1
1.0K Shares

एमएडब्लु अर्थमुभर्स प्रा.लि. अन्तर्गतको जेसीबी नेपालले कोशी क्षेत्रका आफ्ना ग्राहकहरूको निरन्तर विश्वास र साझेदारीप्रति कृतज्ञता प्रकट गर्दै इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा विशिष्ट ग्राहक, उद्योगी-व्यवसायी, विभिन्न पेसागत संघ-संस्थाका प्रतिनिधि तथा कम्पनीका उच्च अधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

लामो समयदेखि जेसीबीका उपकरण, सक्कली पाट्र्स, र वार्षिक मर्मत सम्झौता सेवामा भरोसा गरिरहेका ग्राहकहरूलाई कार्यक्रममा विशेष सम्मान पत्र प्रदान गरिएको थियो । सोही अवसरमा नेपालको निर्माण तथा औद्योगिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण व्यवसायी संघ, क्रसर उद्योग संघ, इट्टा उद्योग संघ र स्थानीय वाणिज्य संघका प्रतिनिधिहरूलाई मायाको चिनोद्वारा सम्मानित गरियो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको थियो । साथै, जेसीबीको प्रविधि र कार्यक्षमतामाथि भरोसा जनाउँदै नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले कार्यक्रमकै दौरान ‘जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडर’को सरप्राइज बुकिङ गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीले भने , “हाम्रा ग्राहकहरू केवल मेसिन खरिदकर्ता मात्र नभएर हाम्रो प्रगतिका आधारस्तम्भ हुन् । प्रत्येक मेसिन हस्तान्तरण र बिक्रीपछिको सेवा  मार्फत हामी ग्राहकसँगको दीर्घकालीन सम्बन्ध र विश्वासलाई थप मजबुत बनाउन प्रतिबद्ध छौँ ।” कम्पनीको नेतृत्व टिमले विश्वस्तरीय उपकरण र उत्कृष्ट सेवाका माध्यमबाट नेपालको पूर्वाधार विकासमा निरन्तर योगदान दिने संकल्प दोहोर्‍याएको छ । अन्तरक्रियात्मक सत्र र सामूहिक भोजनसँगै समापन भएको यस कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

नेपालमा जेसीबी निर्माण तथा भारी उपकरणहरूको एकमात्र आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले बलियो राष्ट्रव्यापी सञ्जाल, गुणस्तरीय पार्टपुर्जा र भरपर्दो आफ्टर सेल्स सर्भिसमार्फत देशको पूर्वाधार निर्माणमा लामो समयदेखि अग्रणी भूमिका खेल्दै आएको छ ।

1

Scroll to Top