Banijya News

आईएमई लाइफको सहयोगमा १०० जना विपन्नको निःशुल्क आँखा शल्यक्रिया

1
1.0K Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाको क्षेत्रमा एक सराहनीय कदम चालेको छ। कम्पनीले आर्थिक विपन्नताका कारण उपचार पाउन नसकेका १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि माट्रिका आइ सेन्टरसँग विशेष सहकार्य गरेको हो।

जनकपुरमा आयोजना हुने यस आँखा शिविर तथा शल्यक्रिया कार्यक्रमका लागि आईएमई लाइफले ६ लाख रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। यस परोपकारी अभियानबाट विशेष गरी धनुषा र महोत्तरी जिल्लाका दुर्गम एवं ग्रामीण क्षेत्रका विपन्न नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भई पुनः दृष्टि पाउन सफल हुनेछन्।

आँखा स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि देशका विभिन्न भागमा भरपर्दो सेवा पुर्‍याउँदै आएको माट्रिका आइ सेन्टरको प्राविधिक विशेषज्ञता र आईएमई लाइफको बलियो सामाजिक प्रतिबद्धताबीचको यो गठबन्धनले समुदायमा निकै सकारात्मक र दीर्घकालीन प्रभाव छाड्ने विश्वास लिइएको छ। कम्पनीले व्यापारिक नाफा मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको यस कार्यले पुष्टि गर्दछ। ग्रामीण भेगका सर्वसाधारण, जो आर्थिक अभावकै कारण अन्धोपनको शिकार हुन बाध्य छन्, उनीहरूका लागि यो अभियान एउटा ठुलो वरदान सावित हुने देखिएको छ।

यस सहकार्यका बारेमा बोल्दै आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा र सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको र यसपटकको सहयोगले दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ जीवन र आशा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले इन्स्योरेन्स कम्पनीको यो सहृदयताप्रति आभार प्रकट गर्दै कर्पोरेट क्षेत्रबाट हुने यस्ता मानवीय सहयोगले ग्रामीण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनलाई उज्यालो तर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

1

Scroll to Top