Banijya News

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

1
1.0K Shares

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष, सञ्चालक समिति तथा आम सेयरधनीहरूको उल्लेख्य उपस्थितिसहित सभ्य र भव्य रूपमा सम्पन्न भएको यस कार्यक्रममा कम्पनीको चालु अवस्था, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र आगामी दिनको वित्तीय मार्गचित्रबारे विस्तृत समीक्षा गरिएको थियो।

यस गरिमामय वार्षिक साधारण सभाले कम्पनीको भावी यात्रालाई अझ सशक्त बनाउन नयाँ संचालक समितिको समेत सर्वसम्मत चयन गरेको छ। जसअन्तर्गत संस्थापक शेयरधनीहरूको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन । त्यसैगरी, सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्दै जेलिना श्रेष्ठ निर्वाचित भएकि छिन भने साधारण सभाको सर्वसम्मत निर्णयले स्वतन्त्र संचालकको जिम्मेवारी रीता गौतमलाई सुम्पिने गरी मनोनयन गरेको छ।

सभाको मुख्य सत्रमा कम्पनीको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, विस्तृत आर्थिक विवरण, भावी योजना तथा अन्य विविध महत्त्वपूर्ण प्रस्तावहरूमाथि व्यापक छलफल गरी तिनलाई आम सहमतिमा पारित गरिएको थियो । खुला सत्रमा उपस्थित शेयरधनीहरूबीच कम्पनीको भावी रणनीति, जलविद्युत क्षेत्रका अवसर एवं चुनौतीहरू र दीर्घकालीन विकासका विषयमा निकै सकारात्मक एवं अन्तर्क्रियात्मक छलफल समेत भएको थियो । सभाको समापनमा भुजुङ्ग हाईड्रोपावर लिमिटेडले नयाँ कार्यसमिति पाएकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण संचालकहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

1

Scroll to Top