Banijya News

कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण अनलाइन सेवा बन्द

1
1.0K Shares

कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण अनलाइन सेवा प्राविधिक समस्याका कारण अस्थायी रूपमा बन्द भएको छ। कार्यालयले एक सूचना जारी गर्दै सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा अचानक प्राविधिक समस्या उत्पन्न भएको र सोही कारण इन्टरनेट सेवा अवरुद्ध हुँदा कार्यालयको मुख्य सर्भर सञ्चालन हुन नसकेको जनाएको हो ।

कार्यालयका अनुसार यो समस्या असार २ गते मध्यान्हदेखि नै देखिएको हो। सर्भर डाउन भएका कारण कम्पनी दर्ता, नवीकरण तथा अन्य प्रशासनिक अनलाइन कार्यहरू पूर्ण रूपमा प्रभावित भएका छन्। प्राविधिक टोलीले प्रणालीलाई पुनः सुचारु गर्न प्रयास गरिरहेको भए पनि सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे निश्चित भइसकेको छैन। अनलाइन प्रणाली बन्द हुँदा सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमासमेत मागेको छ।

1

Scroll to Top