Banijya News

६२ करोड खुद नाफासहित शिवम् सिमेन्टको बलियो व्यापारिक फड्को

1
1.1K Shares

शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको सुरुवाती ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ (करिब ६२ करोड रुपैयाँ) खुद नाफा आर्जन गर्न सफल भएको छ। विगतका वर्षहरूलाई हेर्दा कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सन् २०२४ मा २६ करोड र सन् २०२३ मा ५९ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो ९ महिनाको अवधिमा कम्पनीको कुल व्यवसायिक कारोबार (टर्नओभर) ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ (करिब ५ अर्ब रुपैयाँ) पुगेको छ। यसअघि सन् २०२५ मा ७ अर्ब ७६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।

सन् २००३ मा स्थापना भई सन् २०१५ देखि पब्लिक कम्पनीमा रूपान्तरण भएको शिवम् सिमेन्टमा नेपालका प्रतिष्ठित व्यवसायिक घरानाहरू लक्की ग्रुप, शारदा ग्रुप र गोयल ग्रुपको मुख्य लगानी रहेको छ। हेटौँडामा आंशिक रूपमा एकीकृत सिमेन्ट उद्योग सञ्चालन गरिरहेको यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६ लाख मेट्रिक टन क्लिंकर र ९ लाख मेट्रिक टन सिमेन्ट रहेको छ।

उद्योग नजिकै कम्पनीका आफ्नै पाँचवटा क्लिङ्कर खानीहरू अवस्थित छन्, जसले गर्दा कम्पनीले गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गरी ुशिवम् सिमेन्टु ब्रान्डमा बजारमा बलियो उपस्थिति बनाएको छ। यसका साथै, कम्पनीले शिवम् होल्डिङ्समा ८५ प्रतिशतको मुख्य स्वामित्व कायम गरेको छ।

नेपालकै सबैभन्दा ठूलो सिमेन्ट परियोजनाको रूपमा रहेको र चिनियाँ बहुराष्ट्रिय कम्पनी होङ्सी समूहसँगको संयुक्त लगानीमा सञ्चालित ुहोङ्सी शिवम् सिमेन्टु मा समेत शिवम् सिमेन्टको ३० प्रतिशत सेयर हिस्सा रहेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिनमा उल्लेख्य सुधार आई १५ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ८.४ प्रतिशत मात्रै थियो। आन्तरिक आम्दानीको बलियो सञ्चिती र ऋणमा न्यून निर्भरताका कारण कम्पनीको पुँजीकरण र कर्जा भुक्तानी क्षमता निकै सुदृढ देखिएको छ। यसकै जगमा कम्पनीले विगत तीन वर्षमा आफ्नो खुद नाफाको २८ प्रतिशत रकम सेयरधनीहरूलाई नगद लाभांशका रूपमा वितरण गरेको थियो। वित्तीय जोखिम मापन गर्ने सूचकहरू तर्फ चालु आवको ९ महिनामा कम्पनीको समग्र गियरिङ अनुपात ०.०३ गुणा र कुल ऋणरसञ्चालन नाफा अनुपात ०.२८ गुणा कायम भएको छ।

बजारमा ब्याजदर घट्दै गएका कारण कम्पनीको ब्याज भुक्तानी कवरेज अनुपात ६१ गुणाबाट बढेर ७१ गुणा पुगेको छ, जसले कम्पनीको वित्तीय स्वास्थ्य एकदमै बलियो रहेको देखाउँछ। हाल कम्पनीले कुल ३ अर्ब १० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ, जसमा २१ लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ अल्पकालीन ऋणका लागि प्रस्ताव गरिएको छ।

1

Scroll to Top