Banijya News

सानिमा रिलायन्स लाइफ बन्यो ‘बेस्ट कर्पोरेट लाइफ इन्स्योरेन्स’

1
1.0K Shares

नेपालको आर्थिक, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मानित गर्ने उद्देश्यका साथ कर्पोरेट मिडिया ग्रुपले १८औँ ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ आयोजना गरेको थियो। उक्त प्रतिष्ठित समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो उत्कृष्ट कार्यसम्पादनको प्रदर्शन गर्दै यस वर्षको ‘Corporate Life Insurance of the Year 2026’ अवार्ड चुम्न सफल भएको छ। जीवन बीमाको क्षेत्रमा कम्पनीले पुर्‍याएको अतुलनीय योगदान, निरन्तरको नवीन सेवा र ग्राहक वर्गप्रतिको उच्च समर्पणलाई कदर गर्दै यो विशेष सम्मान प्रदान गरिएको हो ।

देशको आर्थिक विकास र समृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजित यस गरिमामय कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा विधामा र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थाहरूलाई पुरस्कृत गरिएको थियो। सोही भीडमा सानिमा रिलायन्स लाइफले आफ्नो बलियो उपस्थिति दर्ता गराएको हो। डिजिटल प्रविधिको उच्च प्रयोग, सहज तथा छरितो दाबी भुक्तानी प्रक्रिया, र मजबुत ग्राहक सम्बन्धका कारण यो कम्पनी नेपाली बीमा बजारमा एक भरोसायोग्य र अग्रणी नाम बन्न सफल भएको छ।

वर्तमान समयमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर रहेका आफ्ना १६८ वटा शाखाहरूको बृहत् सञ्जालमार्फत नागरिकको घरदैलोमा बीमा सेवा पुर्‍याइरहेको छ। वित्तीय रूपमा अत्यन्त सबल यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी छ भने यसले विभिन्न क्षेत्रमा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। यसका साथै, देशभर छरिएर रहेका १७,००० भन्दा बढी दक्ष बीमा अभिकर्ताहरू यस कम्पनीको मुख्य खम्बाका रूपमा कार्यरत छन्।

1

Scroll to Top