सोमबार नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ४७३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


