वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले पछिल्ला वर्षहरूमा बजारको माग अनुरूप तीव्र गतिमा व्यवसाय विस्तार, फाइबर नेटवर्कको आधुनिकीकरण र अत्याधुनिक डाटा सेन्टरजस्ता प्रविधिमा ठूलो लगानी गरेपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव कम्पनीको वित्तीय अवस्थामा देखिएको छ। ग्राहक संख्यामा निरन्तर भइरहेको बढोत्तरीका कारण कम्पनीको कुल वार्षिक आम्दानी १२ अर्ब रुपैयाँको ऐतिहासिक विन्दु पार गर्दै पछिल्लो वर्ष १२ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतको वृद्धि हो।
यसअघि कम्पनीले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख र सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको यो लगातारको लोभलाग्दो वित्तीय सुधार, बलियो बजार हिस्सा र नगद प्रवाहलाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले वर्ल्डलिंकको ऋण तिर्ने क्षमता र वित्तीय विश्वसनीयताको रेटिङमा स्तरोन्नति गरेको छ। जसअनुसार कम्पनीको १ अर्ब १ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाको रेटिङ ुकेयर एनपी एु बाट सुधार भई ुकेयर एनपी ए प्लसु र १ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंक कर्जाको रेटिङ ुकेयर एनपी ए२ प्लसु बाट बढेर ुकेयर एनपी ए१ु कायम भएको छ।
कम्पनीले कुल २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कर्जाका लागि यो रेटिङ गराएको हो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि आम्दानी, नाफा र नगद प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको छ, जसका कारण यसको सञ्चालन नाफा मार्जिन ३२।६१ प्रतिशत पुगेको छ भने बैंकमा नगद सञ्चिति नै करिब ३ अर्ब रुपैयाँ कायम भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार सन् २०२५ को जुलाईमा वर्ल्डलिंकको बजार हिस्सा ३२ प्रतिशत र ग्राहक संख्या १० लाखभन्दा बढी रहेकोमा सन् २०२६ को अप्रिलसम्म आइपुग्दा ग्राहक आधार बढेर १० लाख ८० हजार पुगिसकेको छ, जसले बजारमा यसको बलियो नेतृत्वलाई झनै मजबुत बनाएको पुष्टि गर्छ।
यो व्यावसायिक सफलतामा आन्तरिक स्रोतको मात्र नभई ठूलो मात्रामा भित्रिएको वैदेशिक लगानीको पनि अहम् भूमिका रहेको छ। सन् २०२६ को मध्य–अप्रिलसम्म कम्पनीमा कुल वैदेशिक लगानी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीले सन् २०२३ को जनवरीमा बेलायत सरकारको विकास वित्तीय संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र मार्चमा नेपालको पहिलो व्यावसायिक इम्प्याक्ट फन्ड डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ भित्र्याएको थियो।
यसैगरी, सन् २०२६ को फेब्रुअरीमा फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसन लिमिटेडबाट थप १ अर्ब ३९ करोड रुपैयाँ बराबरको नयाँ इक्विटी लगानी प्राप्त भएको छ। यो नयाँ पूँजी र कम्पनीको विगतको सञ्चित नाफाले वर्ल्डलिंकको नेटवर्थ र सोल्भेन्सी स्थितिलाई निकै सुदृढ बनाएको छ, जसले गर्दा कम्पनीको वित्तीय जोखिम घट्न गएको छ। यो प्राप्त वैदेशिक लगानीलाई कम्पनीले आफ्नो नेटवर्कको दायरा बढाउन, डिजिटल पूर्वाधार मजवुत बनाउन र सेवाको गुणस्तर सुधार्न उपयोग गरिरहेको छ। यद्यपि, रेटिङ एजेन्सीले इन्टरनेट सेवा उद्योगको प्रकृति अनुसार उच्च पूँजीको आवश्यकता, बजारको तीव्र प्रतिस्पर्धा र मूल्यमा आउने दबाब, विदेशी मुद्राको विनिमय जोखिम, नियामकीय नीतिहरूमा हुने फेरबदल तथा तीव्र गतिमा परिवर्तन भइरहने प्रविधिका चुनौतीहरू भने अझै पनि विद्यमान रहेको औंल्याएको छ।


