Banijya News

सुनको मुल्यमा ४ हजार ५सय रुपैयाँको गिरावट

1
1.0K Shares

नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।

महासंघले तोकेको नयाँ मुल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम गरिएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।

 

1

Scroll to Top