Banijya News

नेप्सेमा १९.६७ अंकको गिरावट, ४ अर्बमाथीको कारोबार

1
1.0K Shares

साताको चौथौँ कारोबार दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । यस दिन बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन (असार २४) गते बजार ३० अंकले घटेको थियो ।

यस दिन नेप्से सुचक २६०१.९२ विन्दुमा कायम भएको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

चार अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटकमा किनबेच भएको हो ।

उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना, जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयर मूल्य उच्च कमाउनेमा परे ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह २।३६ प्रतिशतले घटेको छ ।

 

1

Scroll to Top