Banijya News

प्रतिनिधिसभा बैठक आज बस्दै

1
1.1K Shares

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। जसमा निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१–०८२) सदनसमक्ष प्रस्तुत गरिनेछ।

यसैगरी, बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन सँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू छलफलका लागि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ुबाध्यकारी श्रम महासन्धिु र ुश्रम निरीक्षण सम्बन्धी महासन्धिु माथि सामान्य छलफल गरियोस् भनी सदनमा अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

1

Scroll to Top