Banijya News

काठमाडौँमा लामिनार टाइल्सका दुई नयाँ शोरुम सञ्चालनमा

1
1.0K Shares

नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनारले काठमाडौँ उपत्यकाभित्र थप दुई स्थानमा आफ्ना नयाँ एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ। कम्पनीले शङ्खरापुर नगरपालिकाको साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिकाको जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी शोरुमहरू सुरु गरेको हो।

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनारका यी टाइल्सहरू ल्क् ६१७ प्रमाणित फुल्ली भिट्रिफाइड हुन्, जसले गर्दा निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त मानिएका छन्।

विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका यी शोरुमहरूमा टाइलको सुन्दरतासँगै उपयोगितालाई पनि ध्यान दिइएको छ। शोरुमहरूमा फुल-बडी , एन्टिब्याक्टेरियल सर्फेस  र हाइ–ग्लोस टाइल्ससहित ५०० भन्दा बढी उत्कृष्ट डिजाइनहरू उपलब्ध गराइएको छ। यसका साथै, ग्राहकहरूलाई आफ्नो आवश्यकता अनुसार कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर सही निर्णय लिन मद्दत पुगोस् भन्ने उद्देश्यले शोरुममा विज्ञहरूद्वारा परामर्श सेवा दिने कार्यलाई समेत प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

शोरुम उद्घाटनका अवसरमा लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्सको गुणस्तर प्रत्यक्ष पहिचान गरी आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्ने र अब टाइलको छनोट केवल डिजाइनका आधारमा मात्र नभई उपयोगिताका आधारमा पनि हुने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवर लाल बिश्नोईले अचेलका ग्राहकहरू टाइल किन्दा डिजाइनका साथै यसको टिकाउपन र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरामा समेत सचेत हुन थालेको बताउनुभयो।

1

Scroll to Top