नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि एउटा शंकास्पद सवारीसाधन फेला परेको छ। बीएसी ९५७५ नम्बरको उक्त गाडी आज बिहान ७ बजेदेखि नै त्यहाँ पार्क गरेर राखिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। उक्त गाडीलाई यसरी तेर्स्याएर राखिएको छ कि त्यहाँबाट सामान्य मोटरसाइकलसमेत निस्कन मिल्ने ठाउँ छैन, जसका कारण आसपासका क्षेत्रमा संशय पैदा भएको छ।
यसैबीच, उक्त सवारीसाधन त्यहाँ छाड्ने चालकको गतिविधि झनै रहस्यमय देखिएको प्रत्यक्षदर्शीहरूको दाबी छ। प्रत्यक्षदर्शीहरूका अनुसार ती चालकले आफ्नो गाडी सभापति थापाको घर अगाडि पार्किङ गरेलगत्तै नेपाल प्रहरीकै अर्को गाडीमा चढेर त्यहाँबाट बाहिरिएका थिए। प्रहरीकै गाडी प्रयोग गरेर चालक हिँडेपछि यो घटनालाई स्थानीय र आसपासका क्षेत्रमा निकै चासो र शंकाको रूपमा हेरिएको छ।


