Banijya News

प्रदर्शनका लागि पूर्ण रूपमा तयार चलचित्र मात्र सेन्सर बोर्ड लैजान मन्त्रालयको निर्देशन

1
1.0K Shares

सूचना तथा सञ्चार मन्त्रालयले प्राविधिक काम नसकिएका चलचित्र जाँच पासका लागि नल्याउन निर्देशन दिएको छ । चलचित्रको प्राविधिक काम नसकी जाँचपासका लागि ल्याउने प्राविधिक काम सकिएको छुट्टै फाइल सिनेमा हलहरूमा प्रदर्शन हुने गरेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७ ९२० मा ‘प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । सोही नियमावलीको नियमको १७ ९५० मा ‘प्रदर्शकले चलचित्र जाँच समितिबाट जाँचपास गरेको चलचित्र काटछाँट गरी प्रदर्शन गर्नु हुँदैन’ भन्ने व्यवस्था रहेको मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

“जाँचपास गरेको चलचित्र काटछाँट गरी प्रदर्शन गर्नु हुँदैन भन्ने व्यवस्था रहेकोमा प्राविधिक रूपमा सम्पन्न नभएका चलचित्र समेत केन्द्रीय चलचित्र जाँच समितिमा जाँचपासको लागि प्राप्त हुने गरेको छ,” मन्त्रालयले सम्बन्धित निकायलाई गरेको पत्राचारमा उल्लेख छ, “सम्पूर्ण प्राविधिक काम सकेर दर्शकलाई देखाउन पूर्ण रुपले तयार भएको चलचित्र मात्र केन्द्रीय चलचित्र जाँच समितिमा पेस गर्न नेपाली चलचित्र निर्मातारनिर्देशक तथा सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वयको लागि पठाइएको छ ।”

कतिपय चलचित्र जाँचपास समितिबाट प्रदर्शनको इजाजत लिइसकेपछि केही सिन तथा प्राविधिक पक्ष थपघट गरी प्रदर्शन हुने गरेपछि मन्त्रालयले साउन १९ गते यो निर्णय गरेको हो ।

1

Scroll to Top