Banijya News

नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन न्युयोर्कमा हुदै

1
1.1K Shares

नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता र आर्थिक सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ आगामी सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कमा ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस), २०२६’ आयोजना हुने भएको छ। ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजना र न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा न्यूयोर्क जेएफके मेरियट होटलमा यो तीन दिने सम्मेलन हुन लागेको हो।

’कनेक्टिङ क्यापिटल, आइडियाज एण्ड अपर्चुनिटिज’ नारा दिइएको यस सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, नीति निर्माता, लगानीकर्ता, उद्यमी तथा नेपाली डायस्पोराको व्यापक सहभागिता रहनेछ। चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठका अनुसार, यो सम्मेलन अमेरिकामा रहेका नेपाली मूलका विज्ञ र व्यवसायीहरूको ज्ञान, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने एउटा साझा मञ्च बन्नेछ।

सम्मेलनमा नेपालका पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, पूर्वाधार र स्टार्टअप क्षेत्रमा रहेका लगानीका सम्भावनाहरूमाथि विशेष चर्चा गरिनेछ। यसका साथै अमेरिकाका विभिन्न राज्यहरूमा रेस्टुरेन्ट, होटल, स्वास्थ्य, रियल स्टेट र वित्तीय सेवा जस्ता क्षेत्रमा सफल भइसकेका नेपाली उद्यमीहरूबीच नेटवर्क विस्तार र रणनीतिक साझेदारी निर्माण गर्न यसले मद्दत पुर्‍याउनेछ।

संयुक्त राष्ट्रसङ्घको महासभा र ुक्लाइमेट विक एनवाइसीु को अवसर पारेर आयोजना हुन लागेकाले यसले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो महत्व राख्नेछ। सम्मेलनका क्रममा बीटूबी र बीटूजी बैठकहरू, प्रविधि र एआई सम्बन्धी छलफल, स्टार्टअप शोकेस, र लगानीकर्ता नेटवर्किङ जस्ता परिणाममुखी कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

1

Scroll to Top