Banijya News

कर्णालीमा पाँच निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया सुरु

1
1.0K Shares

सुर्खेतको पूर्वाधार विकास कार्यालयले विभिन्न सडक आयोजनाको काममा ढिलासुस्ती गर्ने पाँचवटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा काम नसकेको र प्रगति सन्तोषजनक नभएकाले कार्यालयले यो कदम चालेको हो।

सार्वजनिक खरिद ऐन र नियमावलीका साथै ठेक्का सम्झौताको सर्तबमोजिम ती कम्पनीहरूलाई सम्झौता रद्द गर्नुअघि स्पष्टीकरण सोधिएको छ। कार्यालयले सात दिनभित्र आफ्नो दाबी र प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्माण व्यवसायीहरूलाई अन्तिम अवसर दिएको छ।

तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा कार्यालयले एकपक्षीय रूपमा ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।

1

Scroll to Top