Banijya News

पुँजी बजारका लगानीकर्ता भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सेयर बजारको वर्तमान अवस्था र यसको सुधारका उपायहरूबारे छलफल गर्न आज मध्यान्ह १२स्०० बजे सिंहदरबारमा एक विशेष बैठक बोलाएका छन । पछिल्लो समय सेयर बजार ३८० अंकले ओरालो लाग्दा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ गुमाएका छन्। बजारमा छाएको यही निराशा र चुनौतीहरूलाई सम्बोधन गर्दै बीमा क्षेत्रको सुदृढीकरणका लागि प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा चासो देखाएका हुन ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालसहित धितोपत्र बजारका विज्ञ तथा प्रतिनिधिहरूको उपस्थिति रहनेछ। सहभागीहरूले पुँजी बजारलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउनका लागि आवश्यक नीतिगत सुधारका विषयमा प्रधानमन्त्रीलाई व्यावहारिक सुझावहरू दिने कार्यक्रम छ।

यो छलफलमा मुख्य गरी पुँजी बजारको वर्तमान संकटको समीक्षा गरिनेछ। यसका साथै देशको समग्र अर्थतन्त्रको अवस्था सुधार्न र ओरालो लागेको बजारका कारण खस्किएको लगानीकर्ताको मनोबल पुनः उच्च बनाउन सरकारले खेल्नुपर्ने तत्कालीन र दीर्घकालीन भूमिकाका बारेमा समेत सरोकारवालाहरूबीच घनीभूत छलफल हुनेछ।

1

Scroll to Top