Banijya News

बाँकेमा शेयर कारोबारप्रति लगानीकर्ताको आकर्षण तीव्र

1
1.0K Shares

बाँकेमा प्रविधिको सहज पहुँचसँगै शेयर बजारप्रति सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। हालसम्म यस क्षेत्रका करिब ४५ हजार लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत शेयर किनबेच गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलिसकेका छन्। प्रविधिमा अभ्यस्त भएसँगै नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएस सुविधालाई नै प्राथमिकता दिने गरेका छन्।

जिल्लामा हालसम्म ६२ हजार ७९६ जनाले डिम्याट (हितग्राही) खाता खोलेका छन्, जसमध्ये करिब ९० प्रतिशत खाताहरू सक्रिय अवस्थामा छन्। बैंक तथा वित्तीय संस्थाहरूले गाउँ(गाउँसम्म सेवा पुर्‍याउनु, आइपिओ भर्ती गर्ने लहर चल्नु र वित्तीय साक्षरता बढ्नुका साथै देखासिकीका कारण पनि डिम्याट खाता खोल्नेहरूको सङ्ख्या तीव्र रूपमा थपिएको हो।

नेपालगञ्जमा हाल तीनवटा प्रमुख ब्रोकर कम्पनीहरू ९इम्पेरियल, कालिका र प्राइमो सेक्युरिटिज० मार्फत कारोबार भइरहेको छ। यसले गर्दा नेपालगञ्ज बाँकेका लागि मात्र नभई बर्दिया, दाङ, कैलाली तथा कर्णालीका कालिकोट र जुम्लासम्मका लगानीकर्ताहरूका लागि शेयर कारोबारको एउटा मुख्य मुख्य क्षेत्रीय केन्द्र बनेको छ।

1

Scroll to Top