कार्यक्रमको परिचय र पहिलो चरणस् विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर दिने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ।
अप्रिल २०२६ मा सुरु भएको यस कार्यक्रम अन्तर्गत काठमाडौंमा आयोजित विशेष समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको छ।
प्रशिक्षण र सुरक्षा व्यवस्थास् अवसरबाट वञ्चित समुदायका महिलालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रममा व्यावसायिक राइडिङ, सडक सुरक्षा, लाइसेन्स प्राप्त गर्ने प्रक्रिया तथा फाइटब्याक नेपालको सहकार्यमा उन्नत आत्मरक्षा तालिम प्रदान गरिएको थियो। सहभागीहरूलाई सुरक्षात्मक हेल्मेट, प्राथमिक उपचार सामग्रीसहितको सुरक्षा किट तथा व्यावसायिक यात्राको सुरुवातका लागि विद्युतीय स्कुटर, स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो।
मोबिलिटीमा महिलाको पहुँच र महत्त्वस् सवारी चालक अनुमतिपत्र महिलाका लागि आम्दानीको स्रोत बन्नुका साथै काम, शिक्षा र स्वास्थ्य सेवामा आफ्नै समयअनुसार स्वतन्त्र रूपमा पुग्ने माध्यम बनेको छ। राइड(हेलिङ सेवामा महिलाको सहभागिता बढ्नाले सार्वजनिक यातायातमा निर्भरता कम हुनुका साथै यात्रुहरूले पनि आफूलाई उपयुक्त चालक छनोट गर्ने थप अवसर पाएका छन्।
सरोकारवालाहरूको मन्तव्यस् समारोहमा बोल्दै ट्राफिक प्रहरी अधिकारी, इनड्राइभका प्रतिनिधिहरू तथा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै पेसागत रूपमा सुरक्षित र समावेशी वातावरण निर्माण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


