प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने भएका छन् । राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्रीज्यू नजाने भएपछि राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने गरी तयारी अगाडि बढेको छछ ।
राष्ट्रसंघको ८१औँ महासभा सेप्टेम्बर ८ बाट न्यूयोर्कस्थित मुख्यालयमा सुरु हुँदैछ । सेप्टेम्बर २२ देखि २६ सम्म उच्चस्तरीय पाहुनाले ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
विगतमा नेपालबाट राष्ट्रसंघको महासभामा प्रायः प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल जाने गर्थ्यो । कहिलेकाहीँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवको नेतृत्वमा पनि नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा सहभागी हुने गरेको छ ।
गत वर्ष न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।


