मन्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ३७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवमा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धि भएको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेर ९२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज गत आवमा २८.५५ प्रतिशतले घटेर ६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड रुपैयाँ थियो ।
तर, कम्पनीको खराब कर्जा अनुपात भने सामान्य बढेको छ । अघिल्लो आवमा ३.१२ प्रतिशत रहेको एनपीएल गत आवमा ३.४३ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको पूँजीकोष अनुपात १२.७९ प्रतिशत, कस्ट अफ फण्ड ४.४२ प्रतिशत, सीडी रेसियो ८२.९९ प्रतिशत, बेस रेट ५.८२ प्रतिशत, स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ८४ करोड ४६ रुपैयाँ संचित रहेको छ ।
सो अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ४२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै कम्पनीको ईपीएस २३.१४ रुपैयाँबाट बढेर २७.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९३.६३ रुपैयाँ, पीई रेसियो २७.७२ गुणा र तरलता अनुपात २४.८६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।


